प्रचण्ड माधव समुहको आम हड्तालको प्रभाव विहानैदेखि सडक सुनसान, नेता कार्यकर्ता सडकमा, प्रहरीद्धारा धरपकड

प्रचण्ड माधव समुहको आम हड्तालको प्रभाव विहानैदेखि सडक सुनसान, नेता कार्यकर्ता सडकमा, प्रहरीद्धारा धरपकड

  • बिहिबार, माघ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

माघ २२ काठमाण्डौं । विवादास्पद संवैधानिक निकायमा नियुक्त पदाधीकारीलाई शपथ खुवाईएसँगै आक्रोसित बनेको नेकपा प्रचण्ड माधव समुहले आज आम राजनीतिक हड्तालको आव्हान गरेको छ ।
सो हडतालको प्रभाव स्वरुप आज यातायात, बजारहरु बिहानैदेखि प्रभावित भएको देखिएको छ ।
केही स्थानमा हड्ताल सफल पार्न सडकमा निस्किएका सो समुहका कार्यकर्तालाई प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ ।
ठाँउ ठाँउमा बिहानै देखि सो समुहका कार्यकर्ताहरु बन्द सफल पार्न उत्रिएका छन् ।
राष्ट्रिय युवा संघका अध्यक्ष राम प्रसाद सापकोटाका अनुसार गोंगबुबाट बिहानै प्रहरीले केही कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डे रहेका छन् ।
सडक र शहरहरुमा सरकारले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
सरकारले यातायात, व्यवशाय निर्वाध रुपले सञ्चालन गर्न हिजो साँझ विज्ञप्ति निकालेर आग्रह गरेको थियो ।
यता बन्द सफल पार्न प्रचण्ड माधव समुहले विभिन्न स्थानको नेतृत्व गर्न नेताहरुलाई जिम्मेवारी खटाएको छ । जस अनुसार उपत्यकाको ११ स्थानमा नेताहरु खटिएका छन् । कलङ्कीमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य,बल्खुमा बेदुराम भुसाल,सातदोबाटोमा देव गुरुङ, पुल्चोकमा पम्फा भुसाल,कोटेश्‍वरमा लीलामणि पोखरेल,चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्‍जमा शक्ति बस्‍नेत, गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त, रत्‍नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले जिम्मेवारी पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ