माघ २१ काठमाण्डौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पूर्व सचिव प्रेम कुमार राईले शपथ लिएसगैँ आयुक्त गणेशराज जोशीले भने राजीनामा दिएका छन् ।
बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम माघ २१ गतेदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरेकी थिइन्। यसअघि राई आयोगमा सचिव थिए। सचिवभन्दा आयुक्त सिनियर हुने भएकाले जोशीले राजीनामा दिएको अनुमान गरिएको छ ।
कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरहेका जोशी चैत्र १९ सम्म पदावधी बाँकी रहेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline