जनमुक्ति सेनाको बिचल्लि हुनुमा नेताहरुको त्रुटी भयोः प्रचण्ड

जनमुक्ति सेनाको बिचल्लि हुनुमा नेताहरुको त्रुटी भयोः प्रचण्ड

  • बुधबार, माघ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

माघ २१ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले गणतन्त्रका लागि लडेका जनमुक्ति सेनालाई समायोजन पछि पार्टी कमिटिहरुमा समायोजन गर्ने कुरामा नेताहरुको त्रुटी भएकाले बिजोग भएको बताएका छन् ।
बहिर्गमित जनमुक्ति सेनाको तेस्रो राष्ट्रिय सम्मेलनको पेरिसडाँडामा उद्घाटन गर्दै प्रचण्डले समाजमा र पार्टीमा सबै तहका कमाण्डरहरुलाई सम्मानजनक जिम्मेवारी दिने कुरामा नेताहरुले त्रुटी भएको स्वीकार गरे ।
अहिले काली बहादुर खाम कहाँ छन् ? घाईते अपाङगहरुको अवस्था के छ भनेर प्रधानमन्त्रीले सोधेको प्रति ब्यंग्य गरे ।
उनले आफ्नै पार्टीको सरकार हुँदा समेत ओली सरकारले घाईते अपागंहरुको भत्ता समेत कटौती गरेको भन्दै अहिले पूर्व जनमुक्ति सेना भनेर ओलीले बोलेको मात्र बताए ।
उनले आफैले बनाएको गृहमन्त्री बादलले माईतीघरमा घाईतेहरुमाथि लाठी चार्ज गराउदा आफूलाई ठूलो पीडा भएको र खुमलटारबाटै रिण काढेर भए पनि मलम लगाउने कोशिस गरेको जिकिर गरे ।
जनमुक्ति सेनालाई खरीद गर्नेतिर ओली पक्ष लागेको प्रचण्डको दाबी छ, अहिले भेडाबाख्रा जस्तो ठानेर अहिले एक सय लिएर गए दश लाख, अलि बढी लगे ३०÷४० लाख, हजारै लगे एक करोड नै दिने गरी खेल भईरहेको प्रचण्डको दाबी छ ।
आफूहरुले पैसा, जागिर, उपचार खर्च र संगठनमा राम्रो जिम्मेवारी दिन नसकिएको स्वीकार गर्दै प्रचण्डले अहिले पनि जनमुक्ति सेनाले सम्मान गर्ने गरेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ