माघ २१ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको अखिल नेपाल महिला संघले नेकपा प्रचण्ड–माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रक्राउ गर्न माग गरेको छ ।
आज गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा विघटित प्रतिनिधि सभा सदस्य समेत रहेकी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
ज्ञापन पत्रमा झाँक्रीले राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको छ ।
अनेम संघकि नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्था माथि नै अपमानजनक ब्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline