माघ २१ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत संवैधानिक परिषद् सम्बन्धि नयाँ नियम ल्याएर सोही बमोजिम सभामुख र प्रतिपक्षी दलका नेताको अनुपस्थितिमै नियुक्त गरेका संवैधानिक निकायका ३८ जना पदाधीकारी तथा सदस्यको शपथ ग्रहण आज भएको छ ।
तर यस समारोहमा नेकपा विभाजन र संसद विघटनको असर स्वरुप उपराष्ट्रपति र सभामुख उपस्थित भएनन् । उपराष्ट्रपति र सभामुख पूर्व माओवादी खेमाका हुन् ।
शीतल निवासमा आज उपस्थित हुन नसक्ने कारण उपराष्ट्रपति नन्द बहादुर पुनले स्वास्थ्यका कारण भनेर हिजो नै शीतल निवासलाई जनाउ दिएका थिए ।
त्यसै गरी सभामुख अग्नी सापकोटाले भने यो गैरसंवैधानिक नियुक्ति भन्दै त्यसको साक्षी बस्न जान नसकिने जनाउ दिएको बुझिएको छ ।
यस अघि सापकोटाले संवैधानिक नियुक्तिको सिफारीसको कागजपत्र फिर्ता पठाएका थिए ।
एकातिर सर्वोच्चमा यो नियुक्ति बिरुद्ध परेको रिटमाथि फैसला आईसकेको छैन भने अर्कोतिर संविधान अनुसार संसदीय सुनुवाई नसकि संवैधानिक आयोगमा शपथ लिन नपाईने व्यवस्था छ ।
तर यी सबैलाई कुनै वास्ता नगरी निुयुक्ति गरिएको भन्दै बिरोध हुँदै आएको छ ।