माघ २१ काठमाडौँ — विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई आज राष्ट्रपति कार्यलयमा शपथ खुवाईएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरलाई शपथ गराएका हुन् ।
प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । आयोगका सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ गराएका थिए ।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेका हन् । अख्तियार प्रमुखमा संखुवासभाका प्रेम कुमार राई नियुक्त भएका छन् ।
संवैधानिक निकायमा नियुक्त गर्न प्रधानमन्त्रीको लामो प्रयास सफल हुन नसके पछि उनले अध्यादेश मार्फत बैठक राखी नियुक्तिको निर्णय गराएका थिए ।
संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नी सापकोटा गएका थिएनन् भने काँग्रेस सभापति शेर बहादुर देउवा पनि उपस्थित भएका थिएनन् ।
हालै पनि सभामुखले नियुक्तिका सिफारीसहरु फिर्ता गराएका थिए ।
संवैधानिक आयोगका पदाधीकारीको नियुक्ति संसदीय सुनुवाई पछि मात्रै हुनु पर्ने संवैधानिक व्यवस्था भए पनि बलजफ्ती संसद विघटन गरेर गरिएको भन्दै आन्दोलनरत नेताहरुले आक्रोस व्यक्त गर्दै आएका छन् ।