माघ २० काठमाडौँ । संसद विघटन पछि विभाजित बनेको नेकपाको आधिकारीक पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न प्रचण्ड माधव समुह निर्वाचन आयोग पुगेका छन् । हिजो मात्रै उनीहरुको केन्द्रीय समितिको बैठकले आधिकारीकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको थियो ।
अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत नेताहरु आयोग पुगेका छन् ।
४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल समुहको माग छ । यसअघि ओली र दाहाल(नेपाल पक्षले फरक(फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय खारेज गरिदिएर छलफलका लागि बोलाएको थियो ।
सो छलफलमा प्रचण्ड माधव समुहले थप समय मागेर सहभागीता जनाएको थिएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline