प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन, महासचिव पौडेललाई पनि पदमुक्त

प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन, महासचिव पौडेललाई पनि पदमुक्त

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

माघ १९ काठमाण्डौं । संसद विघटन पछि सांगठनिक रुपमा विभाजन भएको केही समय पछि नेकपा प्रचण्ड माधव समुहले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष रहेका केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
यस अघि स्थायी समितिले गरेको निष्कासनको निर्णयलाई आज बसेको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो ।
यस्तै बैठकले पार्टी महासचिव विष्णु पौडेललाई पदबाट हटाउने निर्णय पनि पारित गरेको छ ।
यी प्रस्ताव अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए ।
ओली समुहले प्रचण्ड लगायतकालाई कार्बाही गरेको छैन । तर प्रचण्ड समुहले धमाधम कार्बाही गर्दै पदाधीकारी हेरफेर जारी राखेको छ । यस्तै आजको बैठकले संसद पुनस्थापनाको पक्षमा भईरहेका आन्दोलनको समिक्षा गर्दै माघ २८ गते राजधानीमा हुने शक्ति प्रदर्शनलाई थप भव्य बनाउने निर्णय गरेको छ ।

त्यसै गरी निर्वाचन आयोगमा आधिकारीकताको दाबी र नेताहरुमाथि कार्बाहीको विवरण सहित पुनः पत्र लेख्ने निर्णय पनि सो बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ