चुनाव सर्दैन, ढुक्कले तयारी गर्नुस्ः प्रधानमन्त्री ओली

चुनाव सर्दैन, ढुक्कले तयारी गर्नुस्ः प्रधानमन्त्री ओली

  • सोमवार, माघ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

माघ १९ जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन कुनै पनि हालतमा पर नसर्ने भन्दै तयारीमा लाग्न आग्रह गरेका छन् । आज ढल्केबर सबस्टेसनको उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले तोकिएको मिति भन्दा निर्वाचन एक दिन पनि पर नसर्ने बताए । निर्वाचन आयोगले चुनावको तयारी तीव्र रुपमा गरिरहेकाले चुनाव हुनेमा ढुक्क हुन आग्रह गरे ।
उनले प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री खान पाँउला भनेर दौडिएको भन्दै दशा लागेको टिप्पणी गरे । अहिले दशा लागेछ, चोक्टा खान गएकी बुढी झोलमा डुबिन् भने जस्तै भएको छ, प्रधानमन्त्रीले भने ।
उनले पार्टी भित्र उपद्रो गर्ने, सरकार र पार्टीलाई गाली गर्नेहरु अलग भएको बताए ।
प्रधानमन्त्रीले आफूलाई मधेश बिरोधी भनेर हल्ला गरिएको भन्दै मधेशको वास्तविक विकास आफूले नै गरीरहेको बताए । सिँचाई, ढल, बाटो सबै काम भईरहेका छन्, अहिले ६ लेनको बाटो भए पछि जनता खुसी छन्, उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ