काठमाडौं, माघ १८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३३०८ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितिको कुल संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा २८८ संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६६ हजार ३ सय ३६ पुगेको छ । यो भनेको ९८.३ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ९४ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline