माघ १८ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली अब कम्युनिष्ट नरहेको जिकिर गरेका छन् । माईतीघरमा आजको धर्नालाई संवोधन गर्दै नेता पाण्डेले धर्मको आधारमा राजनीति अघि बढाएको भन्दै अब ओली कम्युनिष्ट नरहेको टिप्पणी गरे ।
पछिल्लो कदमपछि राजावादीहरुले ओलीलाई राजनेता भन्न थालेको दाबी गर्दै पाण्डेले दक्षिणपन्थीहरु अहिले खुसी भएको तर्क गरे ।
कम्युनिष्ट पार्टीको समाजवादतिरको यात्रामा ओलीले घात गरे, अब त समाजवाद आउला सुख पाईएला भन्ने नागरिकको आशामा तुषारापात गरे, पाण्डेले भने ।
सत्यको पक्षमा उभिने वकिल, न्यायालयलगायलाई पनि ओलीले ‘झम्टिने’ गरेको उनले आरोप लगाए । ‘जो–जो व्यक्तिहरु सत्यको पक्षमा उभिन्छन्, तिनलाई ओलीले झम्टिहाल्छन्’ पाण्डेले भने ।
पाण्डेले ओलीले नारायणहिटी दरबार अगाडी गर्ने प्रदर्शनमा आउन राजावादीलाई समेत उर्दी गरिएको भन्ने आएको भन्दै ओलीले हिन्दु राष्ट्रको पक्षमा बोल्ने पनि दाबी गरे ।