म कहिल्यै घुँटा टेक्दिन, प्रचण्ड माधव, झलनाथ लौरो टेकेर हिँडिरहेका छनः प्रधानमन्त्री

म कहिल्यै घुँटा टेक्दिन, प्रचण्ड माधव, झलनाथ लौरो टेकेर हिँडिरहेका छनः प्रधानमन्त्री

  • शनिबार, माघ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

माघ १७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको स्वाभिमानका बिषयमा आफूले कहिल्यै घुँडा नटेक्ने बताएका छन् ।
आज चितवनमा आयोजित नेकपा ओली समुहको जनसभालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले यस अघिका कठिन परिस्थितिमा पनि घुँडा नटेकेको र अब पनि नटेक्ने बताए ।

निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन । पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन । कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन । अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन ओलीले भने ।
उनले प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालको नामै नलिई तीन जना बुढा प्रधानमन्त्रीहरु लौरो टेकेर हिडिरहेको भन्दै ब्यग्य गरे । उनले राम्रो कामका लागि हिँडेको भए स्वागत गर्न सकिन्थ्यो, पार्टी बर्बाद पार्न, देश बर्बाद पार्न लाग्नु भएको छ, ओलीले भने ।
देशलाई, जनतालाई र कार्यकर्तालाई कुनै पनि हालतमा आफूले धोका नदिने भन्दै प्रधानमन्त्री ओलीले जनताले अनुभूत गर्ने गरी विकास गर्न सरकार लागिरहेको बताए ।
उनले तीन महिना भित्र सबै अग्रपक्तिमा कार्यरतलाई कोरोना बिरुद्धको खोप लगाईसक्ने र सन् २०२१ भित्र सबैलाई खोप दिएर कोरोना भगाउने बताए ।
यस अघि खोप उद्घाटन गर्दा भने प्रधानमन्त्रीले तीन महिनामै सबै नेपालीलाई खोप लगाउने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ