माघ १७ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्युनिष्ट पार्टी भित्र जन्मिएको कुसन्तान भएको टिप्पणी गरेका छन् ।
सो समुहले आज कैलालीमा आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी ओलीलाई अब सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नु जस्तै हो, भने ।
उनले राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रलाई फ्याकेका नेपाली जनताले ओलीको फुर्तीलाई पनि धेरै टिक्न नदिने बताए ।
उनले निर्वाचन आयोगले ४४१ जना केन्द्रीय सदस्यलाई नै मान्यता दिएकाले ओलीले भर्ती गरेका केन्द्रीय सदस्यरु म्यादी प्रहरी जस्तो भएको पनि टिप्पणी गरे ।
उनले ओली सिर्जना गर्ने भन्दा ध्वशं गर्ने, आलोचना सुन्नै नसक्ने, पार्टीमा छलफल गर्न नचाहने प्रवृतिका भएको बताए ।
यसै गरी उनले पूर्व एमालेमा पनि ओलीले जहिले पार्टीलाई समस्या पार्ने गरेको भन्दै सच्चा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल भएको भन्दै अब पूर्व एमाले र माओवादी नरही नेकपा मात्र अस्थित्वमा रहेको बताए ।
उनले सर्वोच्चबाट प्रतिनिधि सभा पुनस्थापना हुने तर केपी ओलीले चुनाव नगराउने दाबी गरे ।
उनले निर्वाचन आयोगलाई ४४१ जना केन्द्रीय सदस्यलाई बोलाएर सोधेर के चाहन्छन् , बहुमत कता छ, त्यो हेरेर निर्णय गर्न आग्रह गरे ।