केपी ओली सारै निर्मोही रहेछन्, अब तीन महिनामा उनलाई ठेगान लगाईन्छः प्रचण्ड

केपी ओली सारै निर्मोही रहेछन्, अब तीन महिनामा उनलाई ठेगान लगाईन्छः प्रचण्ड

  • शनिबार, माघ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

माघ १७ कैलाली । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डलाई परिवारवादी भएको, छोरी, बुहारी, ज्वाई, भतिजालाई मात्रै हेरेको र अरुलाई वेवास्ता गरेको भनी प्रधानमन्त्रीले लगाउने गरेको आरोपले प्रचण्डलाई चोट परेको देखिएको छ ।
उनले विराटनगरदेखि कैलाली सम्म पुगेर ठूला आमसभामा ती कुराहरुको खण्डन गर्न र भावुक हुन समय खर्चिएका छन् ।
आज कैलालीमा सो समुहले प्रतिनिधि सभाको विघटन बिरुद्ध गरेको विरोध सभालाई संवोधन गर्दै उनले प्रश्न गरे, के म निशन्तान हुनु मेरो दोष हो ? मेरो छोरा भए पछि बुहारी भए, छोरी भए पछि ज्वाँई भए, नाति नातिना हुन्छन् के अब म दुखी हुनु ?
केपी ओलीको पक्षमा चुनावमा प्रचार प्रसार गर्न झापामा जाँदा आफ्नो छोरा प्रकाशको काठमाण्डौमा मृत्यु भएको स्मरण गर्दै केपी ओली कति निर्दयी ? कति निर्मोही ? मैले यस्तो मान्छे अहिले सम्म देखेको थिईन् । प्रचण्डले भने ।
प्रचण्डले आफ्नी छोरीले भैरवनाथ गणमा यातना सहेको, बच्चा बच्ची बोकेर रोल्पा रुकुममा बन्दुक बोकेर हिँडेको भन्दै प्रतिवाद गरे । मैले मेरा छोराछोरीलाई अरुलाई जसरी विदेशमा राखेर पढाईन, आन्दोलनमा हिँडाए के मेरो गल्ती हो ? प्रचण्डले भावकु हुँदै भने ।
उनले केपी ओली कम्युनिष्ट भित्र घुसेको सामन्तवादको एजेन्ट भएको भन्दै अब तीन महिनामा ठेगान लगाउने चेतावनी दिएका छन् ।
उनले सुदुरपश्चिममा पूर्व माओवादी नेता लेखराज भट्टलाई पनि आफूले पटक पटक मन्त्री बनाएर त्यस क्षेत्रको नेता यही हो है भनेको तर अहिले केपी ओलीको वरिपरि घुम्ने दलाल भएको टिप्पणी गरे ।
भट्ट ओली समुहमा लागेर उद्योग वाणिज्य मन्त्री रहेका छन् । भट्ट ओलीको पछि लागे पनि ९० प्रतिशत कार्यकर्ता आफूहरुसगँ रहेको भन्दै सुदुरपश्चिमले आफूलाई नयाँ तागत दिएको र उर्जा पैदा भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ