कैलालीमा आज नेकपा प्रचण्ड माधव समुहले शक्ति प्रदर्शन गर्दै

कैलालीमा आज नेकपा प्रचण्ड माधव समुहले शक्ति प्रदर्शन गर्दै

  • शनिबार, माघ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

माघ १७ कैलाली । संसद विघटन र पार्टी विभाजन पछि आन्दोलित बनेको नेकपा प्रचण्ड माधव समुहले कैलालीमा आज शक्ति प्रदर्शन गर्दैछ ।
सुदुरपश्चिम प्रदेश कमिटिको आयोजनामा हुने बिरोध सभालाई अध्यक्ष प्रचण्ड र माधव कुमार नेपालले संवोधन गर्ने कार्यक्रम रहेको छ । सभा अघि विभिन्न स्थानबाट रयाली निकालिने तयारी गरिएको सो समुहले जनाएको छ ।
सुदुरपश्चिम प्रदेशमा प्रचण्ड माधव पक्षमा उभिएका प्रदेश ईन्चार्ज भीम रावल र ओली पक्षमा लागेर मन्त्री रहेका लेखराज भट्टबीचको प्रतिष्ठाको विषयसगँ पनि कार्यकर्ताहरुले जोड्ने गरेका छन् ।
यस अघि कैलालीमा ओली समुहले शक्ति प्रदशन गरेको थियो । जसमा प्रधानमन्त्री ओलीले संवोधन गरेका थिए । आज खुल्लामञ्चमा कार्यक्रमको आयोजना हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ