माघ १६ काठमाण्डौं । नेपाली काँग्रेसका नेता गगन थापाले विपी कोईरालाले फाँसीको सजाय हुने गंभीर परिस्थितिका बेला पनि अदालतलाई चार किल्ला भित्र बसेर दाँया बाँया नहेरी न्याय हेर्न भनेको स्मरण गर्दै अहिले अदालतको बारेमा बोल्नु हुन्न भन्नेहरु कायर भएको बताए ।
शान्तिबाटीकामा आयोजित विरोध सभामा बोल्दै थापाले काँग्रेस अदालतको बिषयमा बोलीसकेको र अदालतलाई संविधानको मान्यता अनुसार अदालतले संविधान हेर्नेमा आफूहरु आशावादी रहेको बताए ।
केही काँग्रेसी नेताहरु अदालतको बिषयमा बोल्नु हुँदैन भनिरहेका छन्, हामी बिपीका कार्यकर्ता हौँ. अदालतको विषयमा बोल्न सक्नु पर्छ उनले भने ।
‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे के गर्ने भनेर अदालतमा छलफल चलिरहेको छ। मन लागेन भने गर्नेरु घर जाने। घरमा बस्न मन नलागे वन जाने,’ उनले भने।
बेलायत र भारतको जस्तो संविधानले प्रधानमन्त्रीलाई अधिकार नदिएको भन्दै उताको उदाहरण दिने हो भने उतै जाने, थापाले कटाक्ष गरे ।