विराटनगर माघ १६ । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले नेपाली जनताले तानाशाह हुन खोज्दा राजा महेन्द्र र ज्ञानेन्द्र शाहलाई पनि फालेको भन्दै ओलीलाई फाल्न धेरै समय नलगाउने बताए ।
संविधानकै घाँटी निचोरेर ओलीले संसद विघटन गरेको नेपालको आरोप छ ।
सो समुहले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले ओली तानाशाही बनेको आरोप लगाए ।
केपी ओलीलाई निर्वाचन आयोगले १५०० सदस्य खारेज गरेर धक्का दिएको भन्दै आधिकारीक नेकपा आफूहरु नै रहेको र सुर्य चिन्ह पनि आफूहरुले पाउने उनले बताए ।
आउदो बैशाखमा निर्वाचन नहुने र ओली स्वयं निर्वाचन गराउने पक्षमा नरहेको नेपालले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline