ओलीलाई प्रचण्डको प्रश्न : ७० करोड खान खोज्ने कसका मान्छे हुन् ?

ओलीलाई प्रचण्डको प्रश्न : ७० करोड खान खोज्ने कसका मान्छे हुन् ?

  • शुक्रबार, माघ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.2K
    SHARES

माघ १६ विराटनगर । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले केपी ओलीले जस्तो धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण नगरेको दाबी गरेका छन् । सो समुहले विराटनगरमा आयोजना गरेको बिरोध कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्ना छोराछोरीले जनयुद्धमा लागेर लडेको र जनताबाट निर्वाचित भएको भन्दै आफू परिवारबादी भएको भनी ओलीले लगाउने गरेको आरोपको खण्डन गरे ।
उनले ‘७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो ? ७० करोड खाज खोज्ने को हुन् ? कसका मान्छे हुन् ? प्रचण्डले प्रश्न गरे । उनले अब ओलीको अत्याचार नसहने पनि बताए ।

दाहालले आवश्यक परे अब प्रतिनिधिसभाको बैठक बोलाउने बताए । सांसदहरुलाई प्रतिनिधि सभाको बैठक बोलाउने अधिकार भएको भन्दै प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरेको टिप्पणी गरे ।
ओलीको खुट्टी आफूले नापेको भन्दै धेरै फुर्ती नलगाउन चेतावनी पनि दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ