ओली समुहद्धारा निर्वाचन आयोगलाई दल दर्ताको प्रकृया अगाडी बढाउन आग्रह

ओली समुहद्धारा निर्वाचन आयोगलाई दल दर्ताको प्रकृया अगाडी बढाउन आग्रह

  • शुक्रबार, माघ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

माघ १६ काठमाण्डौं । नेकपा ओली समुहले निर्वाचनका लागि दल दर्ताको प्रकृया अघि बढाउन आग्रह गरेको छ । आज आयोगले नेकपाको दुबै समुहलाई छलफलका लागि बोलाए पनि प्रचण्ड माधव समुह पत्र मात्रै बुझाएर फर्किएको थियो भने ओली समुहका नेताहरु आयोगसँग छलफलमा बसेका थिए ।
सो छलफलमा संसद विघटन सम्बन्धि मुद्धामा सर्वोच्चले अन्तरीमा आदेश नगरेकाले निर्वाचनको तयारी बढाउन र दल दर्ताको प्रकृया अगाडी बढाउन आयोगलाई सो समुहका नेताहरुले आग्रह गरेका हुन् ।
छलफलमा सो समुहका महासचिव विष्णु पौडेल, सुभाष नेम्वाङ लगायतका नेताहरु आयोग पुगेका थिए ।
निर्वाचन आयोगका पदाधीकारीले पनि सर्वोच्चले संसद विघटन सम्बन्धि मुद्धामा अन्यथा फैसला नगरेमा निर्वाचन समयमै सक्ने गरी लागेको जनाएका थिए ।
छलफल पछि सञ्चारकर्मीहरुसगँ कुरा गर्दै नेम्वाङले आयोगले नेकपाको आधिकारीकताको टुंगो लगाईसकेको समेत दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ