माघ १६ काठमाण्डौं । निर्वाचन आयोगले आज नेकपाको दुबै समुहसँग गर्ने भनिएको छलफलमा प्रचण्ड माधव समुह सहभागी नहुने भएको छ । सो समुहका तर्फबाट पत्र लिएर केही नेता निर्वाचन आयोगमा पुगी पार्टीका दुबै अध्यक्ष उपत्यका बाहिर रहेको र १८ गते सम्म व्यस्त रहेको भन्दै त्यस पछिको कुनै पनि समयमा छलफल बोलाउन आग्रह सहित पत्र बुझाएका छन् । ओली समुहका प्रतिनिधिहरु भने आयोग पुगिसकेका छन् ।
निर्वाचन आयोगले विवाद निरुपणका लागि दुबै पक्षसँग छलफल गर्न आज ११ बजे बोलाएको थियो ।
पत्रमा अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल स्वयंले छलफलमा सहभागी हुने ईच्छा देखाएको र प्रतिनिधि तोक्न नसकिएकाले थप समय मागिएको सो समुहका स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकरी दिए ।
दुबै पक्षले पार्टी विभाजन भन्दा पनि कार्बाही र प्रति कार्बाही एवं विवरण हेरफेरको मात्रै कागजात दिएकाले आयोगले पार्टीको आधिकारीकताको टुंगो लगाउन ढिलाई गरेको हो ।