संसद विघटन बिरुद्ध प्रचण्ड माधव समुहले बिराटनगरमा शक्ति प्रदर्शन गर्दै

संसद विघटन बिरुद्ध प्रचण्ड माधव समुहले बिराटनगरमा शक्ति प्रदर्शन गर्दै

  • शुक्रबार, माघ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

माघ १६ विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।
सो प्रदर्शनलार्ई सो समुहका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल र झलनाथ खनालले संवोधन गर्नेछन् ।
विराटनगरको जनआन्दोलन चोकमा कार्यक्रम हुने सो समुहको एक नं प्रदेश कमिटिका ईन्चार्ज भीम आचार्यले जानकारी दिए ।
सभा शुरु हुनु अघि विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट जुलुस प्रदर्शन शुरु हुन लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा पार्टीको बहुमत नेतृत्व आन्दोलनमा छ । आन्दोलनको क्रममा प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय विरोधसभा हुन लागेको हो ।

प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता सहभागी हुने सो समुहले दाबी गरेको छ ।
सभामा प्रदेश भरीका सबै जिल्लाबाट कार्यकर्ता ल्याईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ