माघ १५ काठमाण्डौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्धामा आफै उपस्थित भएर लिखित जवाफ पेश गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आदेश दिएको छ । साथै सर्वोच्चले चार जना पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ, शुसीला कार्की, अनुपराज शर्मा र मीन बहादुर रायमाझीलाई पनि त्यस्तै आदेश दिएको छ ।
यसै गरी पूर्व सभामुख दमननाथ ढुंगानालाई पनि आफै उपस्थित भएर जवाफ दिन आदेश गरेको छ ।
आज न्यायाधीश मनोजकुमार शर्माको इजलासले अदालतको अवहेलना सम्बन्धि मुद्धामा सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो ।
उनीहरू सबैलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन अदालतले आदेश दिएको हो ।
प्रधानमन्त्री ओलीले सर्वोच्चमा बाजे वकिललाई लगेर तमासा देखाएको भन्दै प्रतिनिधि सभा पुनस्थापना हुने संविधानमै व्यवस्था नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यस पछि उनको आलोचना हुँदै आएकोमा अदालतमा रिट समेत दायर भएको थियो ।
त्यसै गरी चार पूर्व प्रधानन्यायधीशले सँयुक्त विज्ञप्ति जारी गरी संसद विघटन असंर्वैधानिक भएको धारणा सार्वजनिक गरेका थिए ।