आफू दिल्लीमा बसेर जुल्फीमा जेल लगाउने, कार्यकर्तालाई जंगल पसाएर मर्न मार्न लगाउने गर्थे प्रचण्डः ओली

आफू दिल्लीमा बसेर जुल्फीमा जेल लगाउने, कार्यकर्तालाई जंगल पसाएर मर्न मार्न लगाउने गर्थे प्रचण्डः ओली

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

माघ १५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा कार्यकर्तालाई जंगल पसाएर मर्न मार्न लगाएर आफू दिल्लीमा जुल्फीमा जेल लगाएर बसेको टिप्पणी गरेका छन् ।
आज आफ्नो समुह निकट ट्रेड युनियन महासंघको कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड जनयुद्धमा कहिल्यै जंगल नपसेको दाबी गरे ।

प्रचण्डले ७० सालमा बत्ती निभाएर मतपेटिकाको बाकस साटेर चुनाव जीतेको भन्दै ७४ सालमा भने आफूहरुले जिताएको बताए ।
उनले कहिल्यै सूर्य चिन्हबाट चुनाव नलगेका प्रचण्डलाई के के सूर्य चिन्ह चाहिएको भन्दै प्रश्न गरे ।
विगतमा आफ्नो सरकार प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले ढालेको पनि उनको दाबी छ ।
यसै गरी उनले प्रचण्ड माधवप्रति लक्षित गर्दै पिलो निचोरेर फ्याके पछि पार्टी एकतावद्ध र गतिशिल भएको बताए ।
आफूलाई समाजवादी भन्न रुचाउने र विदेशीको चाकडी गर्ने जनता र श्रमिकलाई झुट्टा आस्वासन बाँड्ने भन्दै प्रचण्ड माधवप्रति उनले कटाक्ष गरे ।
प्रचण्ड र माधव नेपाल नक्कली राष्ट्रवादी बन्न खोजेको पनि ओलीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ