माघ १५ वुटवल । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा मनै राज्य हुँ, म नै पार्टी हुँ , म नै सर्वशक्तिमान हुँ भन्ने प्रवृति हावी रहेको भन्दै उनलाई अब ईतिहासले हुत्याउने समय आएको चेतावनी दिएका छन् ।
आज वुटवलमा भएको कार्यक्रममा उनले पार्टी भित्र उनले गरेको व्यवहारको फेहरिस्त आफूहरुले प्रस्त्ुत गर्न बताए ।
उनले नेता कार्यकर्ता केपी ओलीको जालझेलमा परेर लागेको भए पनि अब मुल पार्टी ( आफूहरुको ) पार्टीमा आउन अपील गरे ।
नेपालले निर्वाचन आयोगले ४४१ जना केन्द्रीय सदस्यलाई मात्रै चिन्न सक्ने भनिसकेकाले अब नेकपाको आधिकारीक पार्टी आफूहरु रहेको जिकिर गरे । मुल पार्टी र सूर्य चिन्ह आफूहरुकै हुने नेपालको दाबी छ ।
प्रधानमन्त्री ओलीले अनुशासन उलंघन गरेकाले उनलाई साधारण सदस्यबाट समेत हटाईसकेको बताए ।
बैठक भन्ने वित्तिकै ओलीलाई काउछो लागे जस्तो हुने नेपालको तर्क थियो ।
आफूले राजा ज्ञानेन्द्र शाह बिरुद्धको आन्दोलनका बेला पनि वुटवलबाटै बढार्ने उद्घोष गरेको भन्दै ओलीलाई पनि त्यसरी नै पाखा लगाउने चेतावनी दिए ।
प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीको दायित्व पूरा गर्न नसकेको पनि नेपालको आरोप लगाउदै सरकार जनताप्रति ईमान्दार नभएको बताए ।
उनले आन्दोलनबाट मात्रै प्रतिगमनलाई पछारेर संविधानको रक्षा गर्न सकिने बताए ।
