माघ २८ मा दुई लाख कार्यकर्ता उतार्ने प्रचण्ड माधव समुहको तयारी

माघ २८ मा दुई लाख कार्यकर्ता उतार्ने प्रचण्ड माधव समुहको तयारी

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

माघ १५ काठमाडौं । प्रतिनिधि सभा विघटन बिरुद्ध आन्दोलित नेकपा प्रचण्ड माधव समुहले माघ २८ गते काठमाण्डौंमा दुई लाख कार्यकर्ता उतार्ने तयारी गरेको छ । पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यलयको बैठकले आन्दोलन शसक्त बनाउदै लाखौँ कार्यकर्ता राजधानीमा उतार्ने निर्णय गरेको हो ।

दुवै अध्यक्षको उपस्थितिमा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले अहिलेसम्मका आन्दोलनका कार्यक्रमको समीक्षा गर्नुको साथै घोषित संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय भएको हो ।

यसअघि माघ ९ गते काठमाडौंमा विशाल शक्ति प्रदर्शन गरेको प्रचण्ड(नेपाल समूहले त्यसको दुई हप्तामै फेरि काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्दै सडक संर्घषमा रहेको प्रचण्ड(नेपाल पक्षले प्रतिनिधिसभा पुनस्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएको छ।

यसैबीच प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले आज पनि धर्ना दिएको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम जारी गर्दै बुधबारबाट माघ २१ गतेसम्म धर्ना कार्यक्रम तय गरेको हो। प्रचण्ड(नेपाल समूहले शुक्रबार सहिद दिवसका अवसरमा जुलुससहित सहिदहरुलाई श्रद्धाञ्जलि दिने कार्यक्रम तय भएको गरेको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ