आजदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्दै, ९ लाख बढी मतदात थपिए

आजदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्दै, ९ लाख बढी मतदात थपिए

  • बिहिबार, माघ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, १५ माघ । वैशाखमा तोकिएको मध्यावधि निर्वानका लागि निर्वाचन आयोगले आजदेखि देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्दैछ ।
आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनका लागि आजबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएको आयोगले जनाएको छ ।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्वको मुद्वाको सुनुवाई जारी रहेकै बेलामा आयोगले ७ सय ५३ वटै स्थानीय तहहरुमा नामावली अद्यावधिक सुरु गर्ने भएको हो ।

आयोगले प्रतिनिधिसभा विघटन भएको दिन २०७७ पुस ५ गते आइतबारसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने निर्णय गरेको छ ।

निर्वाचन कार्यक्रमअन्र्तगत पहिलो दिन मतदाता नामावली प्रकाशित गर्ने तथा माघ १६ देखि १८ सम्म उजुरी आह्वान गरिनेछ । यसैबीच, आगमी प्रतिनिधिसभा निर्वाचनका लागि अघिल्लो निर्वाचनमा भन्दा ९ लाख बढी मतदात थपिएका छन् ।

अघिल्लो निर्वाचनमा १ करोड ५४ लाख मतदाता रहेकोमा अहिलो १ करोड ६३ लाख पुगेको आयोगले जनाएको छ ।
संसद विघटनविरुद्ध परेका निवेदनउपर सर्वोच्चमा सुनुवाई भने जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ