नागरिक समाजको प्रदर्शनमा सरकारले गरेको दमनप्रति नेकपा प्रचण्ड माधव समुहद्धारा आपत्ति

नागरिक समाजको प्रदर्शनमा सरकारले गरेको दमनप्रति नेकपा प्रचण्ड माधव समुहद्धारा आपत्ति

  • मङ्लबार, माघ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको बल प्रयोगको घटना दुःखद् भएको जनाएको छ । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ विज्ञप्तिमार्फत संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिकले चालेको अग्रगमनको रक्षाका लागि भएको प्रदर्शनमाथि बल प्रयोगको विरोध गर्दै संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र सङ्घर्षशीलताप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

सोमबार निषेधित क्षेत्रमा प्रवेश गरेको जनाई प्रहरीले नागरिक समाजका अगुवामाथि बालुवाटार क्षेत्रमा पानीको फोहरा हान्दा केही सहभागी घाइते भएका थिए । वक्तव्यमा आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । शान्तिपूर्ण रुपले विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा हस्तक्षेप नगर्न अध्यक्षद्वयले सरकारलाई आग्रह गरेका छन् ।

यसैबीच नागरिक आन्दोलनमा गम्भीर घाइते हुनुभएका निर्घराज जैसीको स्वास्थ्यावस्थाका बारेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी लिएका छन् ।
हिजो बालुवाटारमा पुगेका प्रदर्शनकारीमाथि विना सूचना प्रहरीले लाठी र पानीको फोहरा हानेको थियो । यस घटनाको चौतर्फी बिरोध भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ