प्रतिनिधि सभा विघटन बिरुद्ध थप शक्तिका साथ लड्छौः प्रचण्ड

प्रतिनिधि सभा विघटन बिरुद्ध थप शक्तिका साथ लड्छौः प्रचण्ड

  • मङ्लबार, माघ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा विघटन बिरुद्ध थप शक्तिका साथ लड्ने बताएका छन् ।
पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने बताए ।
“अहिले जो दुर्घटना जस्तो स्थिति देखापरेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सँधै प्रेरणाका रुपमा आन्दोलनमा रहिरहन्छन् ।” प्रचण्डले भने ।

दाहालले विसं २०३३ मा गोरखाको आरुघाटमा आफू शिक्षक भएका बेला कुँवरसँग चौथो महाधिवेशन (चौम) पार्टीको सदस्यता लिएका थिए । सदस्यता लिएपछि निरन्तर आफूलाई अघि बढाउनमा कुँवरको योगदानका कारण आफू अहिले यो ठाँउमा आएको बताए ।
यसअघि अध्यक्ष दाहाल र माधवकुमार नेपालद्वारा संयुक्त रुपमा जारी गरिएको शोक वक्तव्य जारी गरिएको थियो ।
अध्यक्ष प्रचण्ड कुँवरको पार्थिव शरीरमा माल्यार्पणपछि भरतपुरबाट शव बोकेर देवघाटतर्फ गएका थिए ।
कुँवरको आजै देवघाटमा अन्त्येष्टि गरिंँदै छ । विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नम्बर ७ मा जन्मिएका कुँवरको आज बिहान भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ