संसद विघटनविरुद्ध काठमाडौंमा सिटी फुक्दै प्रचण्ड–नेपाल समूह, भोलिदेखि २१ गतेसम्म माइतीघरमा धर्ना

संसद विघटनविरुद्ध काठमाडौंमा सिटी फुक्दै प्रचण्ड–नेपाल समूह, भोलिदेखि २१ गतेसम्म माइतीघरमा धर्ना

  • मङ्लबार, माघ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

१३ माघ, काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा सिटी जुलुस गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको सो समूहले आज दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर सम्म सिटी जुलुस गर्न लागेको हो ।
जुलुस बसन्तपुरमा पुगेर कोणसभामा परिणत हुनेछ । नारायणकाजी श्रेष्ठको संयोजकत्वमा गठित संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधिसभा विघटनविरुद्ध खबरदारी गर्ने नेकपाले जनाएको छ ।

संघर्ष समितिका अनुसार सो समूहले भोलि बुधबारदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिनेछन् । दाहाल–नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा ¥याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन हुनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले पुस १४ गतेदेखि निरन्तर सडक संघर्षका कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ