काँग्रेस केन्द्रीय समितिको बैठक आज, सभापति देउवामाथि आन्दोलनमा जान दबाब

काँग्रेस केन्द्रीय समितिको बैठक आज, सभापति देउवामाथि आन्दोलनमा जान दबाब

  • मङ्लबार, माघ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

माघ १३ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने रणनीतिमा पौडेल समुह रहेको छ । देउवाले यस अघि आन्दोलनमा उत्रन आव्हान् गरे पनि उनी निर्वाचनको पक्षमा रहँदै आएका छन् ।
देउवालार्ई आन्दोलनमा जान पौडेल समुहले निरन्तर दबाब सृजना गर्दै आएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ । हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको थियो ।
साथै पौडेल पक्षले आगामी १४ औं महाधिवेशनको सुनिश्चितता गर्न पनि दबाब दिने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ