उपत्यकामा १५४ सहित थप ३३९ जनामा कोरोना संक्रमण, १० को मृत्यु

उपत्यकामा १५४ सहित थप ३३९ जनामा कोरोना संक्रमण, १० को मृत्यु

  • सोमवार, माघ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

१२ माघ, काठमाडौं । आज काठमाडौं उपत्यकामा १५४ सहित थप ३३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ४ हजार ८५८ स्वाब परीक्षण गर्दा १३३ महिला र २०६ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । जसमध्ये २ लाख ६४ हजार ५३८ जनाले कोरोना जितेका छन् । सोमबार थप ४०१ जना डिस्चार्ज भएका छन्।

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ । सोमबार थप १० जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार २४० छ । यस्तै १३२ जना क्वारेन्टिनमा छन् भने ३ हजार २४० जना आइसोलेसनमा छन्।
नेपालमा अहिलेसम्म २० लाख ४८ हजार ११३ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ