ओली समुहले माघ २३ गते राजधानीमा संसद विघटनको पक्षमा प्रदर्शन गर्ने

ओली समुहले माघ २३ गते राजधानीमा संसद विघटनको पक्षमा प्रदर्शन गर्ने

  • सोमवार, माघ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

माघ १२ काठमाण्डौं । नेकपा ओली समुहले माघ २३ गते राजधानीमा संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको पक्षमा प्रदर्शन गर्ने भएको छ । त्यो प्रदर्शन र जनसभाका लागि एक हजार १ सय ११ सदस्यीय समिति कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा बनाएको छ ।
त्यस प्रदर्शनमा लाखौँ कार्यकर्ता उतार्ने सो समुहले दाबी गरेको छ ।
आज सो कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेलले कार्तिक २८ मा प्रचण्डले ओलीमाथि लगाएको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जान सहमत भए प्रचण्ड माधव पक्षसगँ एकता हुन सक्ने बताए ।
उनले निर्वाचन आयोगले गरेको निर्णयको पनि समर्थन गरेका छन् । पुष ५ अघिकै पार्टीको हैसियतलाई कायम राख्ने निर्वाचन आयोगले निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ