काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनलाई हर हालतमा पराजीत गर्ने भन्दै अब राजधानीमा फेरी बिशाल शक्ति प्रदर्शन गरेर टाउकोमा प्रहार गर्ने चेतावनी दिएका छन् ।
आज प्रदेश २ का अगुवा कार्यकर्ताहरुलाई पेरिसडाडामै संवोधन गर्दै उनले ओलीले गरेको प्रतिगमन भएकाले उनले जतिसुकै र्याली निकाले पनि त्यो अर्थ नहुने बताए । ओली समुहको र्याली र सभा पञ्चभेला जस्तो भएको पनि बताए ।
हिजो पनि राजा महाराजाहरुले प्रतिगमनकारी कदम चाल्दा त्यस्ता र्यालीहरु निकाल्थे तर उनीहरु टिक्दैन थिए, अहिले पनि ओलीको त्यही हो, प्रचण्डले भने ।
उनले दुई नं प्रदेशबाट मात्रै २५ हजार नेता कार्यकर्ता राजधानी आउन निर्देशन दिए । त्यसरी राजधानीमा केन्द्रीत हुने शक्ति प्रदर्शनले प्रतिगमनकारीहरुको टाउकोमा प्रहार गर्ने सन्देश दिने र निर्णायक हुने दाबी पनि उनले गरे ।
पार्टी एकता गर्दा एक नम्बर र दुई नम्बर अध्यक्ष नभनिएको, प्रधानमन्त्री पनि आलोपालो गर्ने सहमति भएकोमा ओलीले नमानेर सहमति तोडेको भन्दै दाहालले अहिले पनि माधव नेपाल आफू बराबरी हैसियतको अध्यक्ष रहेको बताए ।