माघ ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भनेको जागिर खाने थलो नभएको भन्दै यसलाई गरिएको विघटनको बिरोध गर्नेहरु संविधान लोकतन्त्र र देश बिरोधी भएको टिप्पणी गरेका छन् ।
उनले के संसद जागिर खाने थलो हो ? प्रधानमन्त्रीले प्रश्न गरे ।
आइतबार अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेकाहरु संविधान र लोकतन्त्र विरोधी भएको टिप्पणी गरे ‘त्यसरी विरोध गर्नेहरु देश विरोधी र जनविरोधी मान्छेहरु हुन् ।’
संसदका नाममा अस्थीरता ल्याउन खोजेकाले आफूले ताजा जनादेशका लागि संसद विघटन गरेको प्रधानमन्त्रीको दाबी छ ।
उनले संसारमै दुई वटा मृगौला फेरेको प्रधानमन्त्री शायद आफू मात्र होला भन्दै आफू पनि एक हिशाबले अपाङगता भएकै व्यक्ति भएको बताए ।
देशको अहितमा काम गर्नेहरुलाई अब बैशाखमा हुने निर्वाचनबाट ठेगान लगाईने पनि उनले चेतावनी दिए ।