प्रधानमन्त्रीद्धारा कानुनव्यवशायीमाथि निर्लज्ज प्रहार भएको भन्दै माफी माग्न बारका पूर्व पदाधीकारीको माग

प्रधानमन्त्रीद्धारा कानुनव्यवशायीमाथि निर्लज्ज प्रहार भएको भन्दै माफी माग्न बारका पूर्व पदाधीकारीको माग

  • आइतवार, माघ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

नेपाल बार एसोसिएसनका पूर्व पदाधीकारीहरुद्धारा प्रधानमन्त्री ओलीमाथि कार्बाही गर्न माग
११ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको मानमर्दन गरेको भन्दै  भत्र्सना गरेका छन् ।
वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आज सँयुक्त विज्ञप्ति वरिष्ठ अधिवक्तामाथि गरिएको अपमानप्रति सार्वजनिक रुपले प्रधानमन्त्रीले माफी माग्नु पर्ने र अदालतको अपहेलनाजन्य मुद्धामा जवाफदेही बनाउन माग गरेका छन् ।
९ गते प्रधानमन्त्री ओलीले बाजे वकिललाई लगेर सर्वोच्चमा तमासा गरेको भन्दै अपमान गरेका थिए ।
९५ वर्षे भण्डारीले नै ओलीलाई व्यक्ति हत्याको मुद्धाबाट जोगाउन पनि बहस गरेका थिए ।

विज्ञप्तिमा कानुन व्यवशायमाथिको निर्लज्ज प्रहार भएको निष्कर्ष निकालिएको जनाईएको छ ।
वरिष्ठ अधिवक्ता भण्डारीले बिपी कोईराला, रामराजा प्रसाद सिंह र स्वयं प्रधानमन्त्रीकै झापा हत्याकाण्डको मुद्धामा बहस गरेको जिकिर गर्दै विज्ञप्तिमा राजतन्त्रमा समेत यतिको निर्लज्ज प्रहार नभएको उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ