माघ ११ कैलाली । नेकपा प्रचण्ड माधव समुहका स्थायी समिति सदस्य भीम रावलले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको स्वामित्वमा राख्नका लागि प्रधानमन्त्रीले संसद विघटन गराएको आरोप लगाएका छन् ।
कैलालीमा आज पत्रकारहरुसगँ कुरा गर्दै नेता रावलले देशभक्त नागरिकहरुको एक जुट भए पछि मात्रै नक्सा छापेको सरकारले भूमि भारतकै स्वामित्वमा राखि राख्नका लागि संसद विघटन गरेको बताए ।
उनले संसद विघटन गर्दा समेत प्रधानमन्त्री ओलीले कीर्ते सिफारीस गरेको भन्दै यो लोकतन्त्रमाथि प्रहार भएकाले आफूहरुले निरन्तर खबरदारी गर्ने बताए ।
कैलालीमा माघ १७ गते बृहत जनप्रदर्शन र सभाको तयारी भएको पनि उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline