एघार बर्षीया नाबालिकामाथि बाउकै साथीले गरे बलात्कार, आरोपी प्रहरीको नियन्त्रणमा

एघार बर्षीया नाबालिकामाथि बाउकै साथीले गरे बलात्कार, आरोपी प्रहरीको नियन्त्रणमा

  • आइतवार, माघ ११, २०७७
  • दिपक चौरसिया

  • 9.7K
    SHARES

वीरगञ्ज ११ माघ। पर्सामा फेरि एक नाबालिका बलात्कृत भएकी छ्न । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया की ११ वर्षीय बालिका बलात्कृत भएकी हुन् ।

आफनै बुवाको साथी पर्ने काकाले उनको बलात्कार गरेको प्रहरीले जनाको छ । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।

मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । वीरगञ्जमा कोठा खोज्न आएका मियाँ बालिकाको घरमा पाहुन बनेर बसेका थिए । त्यही क्रममा शनिबार विहान उनले बालिकालाई जबर्जस्ती करणी गरेका थिए । करणी गर्ने क्रममा बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । त्यसलगतै मियाँ फरार भए ।

घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनोजीत कुँवरले जानकारी दिए ।

सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ