ओलीको सर्वसत्तावाद अब एकादेशको कथा बनाउछौं, प्रदेशमा पनि अविस्वासको प्रस्तावमा समर्थन गर्छौः पौडेल

ओलीको सर्वसत्तावाद अब एकादेशको कथा बनाउछौं, प्रदेशमा पनि अविस्वासको प्रस्तावमा समर्थन गर्छौः पौडेल

  • शनिबार, माघ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

माघ १० विराटनगर । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावाद अब एकादेशको कथा बनाउने चेतावनी दिएका छन् । आज विराटनगरमा पत्रकारहरुसगँ कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूले जे गर्यो त्यही सही हुने र अदालतले पनि त्यही गर्छ भन्दै ओली हिँडेको भन्दै संविधानको रक्षाका लागि काँग्रेस निरन्तर लाग्ने बताए ।
उनले ओलीको सर्वसत्तावादलाई जनताले एकादेशको कथा बनाउने दाबी गरे ।
यस्तै प्रदेशमा पनि उनले सत्ताको बिपक्षमा मतदान गर्ने बताए । प्रदेश १ र बागमति प्रदेशमा प्रचण्ड माधव समुहले ओली पक्षीय मुख्यमन्त्रीहरु बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेको छ ।

‘हामी भागवण्डामा लोभिँदैनौ, प्रतिपक्षको धर्म प्रष्ट निभाउँछौ, यसैले सत्ताको विपक्षमा मत हाल्छौं,’ पौडेलले स्पष्ट पारे ।
यसै गरी उनले ओलीले प्रतिनिधि सभाको विघटन असंवैधानिक भएकाले त्यो नसच्चिदा सम्म काँग्रेस निर्वाचनमा नजाने पनि स्पष्ट पारे ।

नेता पौडेलले पटक–पटक लहड र सनकका लागि अर्बौ खर्चेर चुनाव गराउँदा देश झन् गरिब हुने र राजनीतिक अस्थिरतामा फस्ने भएकोले कांग्रेसले त्यस्तो कदमलाई कदापि साथ दिन नसक्ने पौडेलको धारणा थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ