माघ १० काठमाण्डौं । विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आव्हान गरेको छ । सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सहितका नेतालाई पक्राउ गरिएको बिरोधमा नेकपाले संघर्षको कार्यक्रम अन्तर्गत आज बन्द आव्हान गरेको हो ।
बन्दका क्रममा अज्ञात समुहले काभ्रेको विभिन्न स्थानमा राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
काभ्रेको विपि राजमार्गमा सिलिण्डर बम फेला परेको थियो भने बनेपामा झोलामा राखिएको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ ।
शंकास्द बस्तु फेला परे पछि बिपी राजमार्ग अबरुद्ध भएको छ ।
यस्तै मकवानपुरमा अज्ञात समुहले एउटा पिकअप भ्यानमा आगजानी गरेको छ ।
मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षती पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
बन्द अघि विभिन्न स्थानमा हिजो साँझ मशाल बालिएको बताईएको छ ।