अब निर्वाचन पछि पनि आफ्नै बहुमतको सरकार बन्ने प्रधानमन्त्री ओलीको दाबी

अब निर्वाचन पछि पनि आफ्नै बहुमतको सरकार बन्ने प्रधानमन्त्री ओलीको दाबी

  • शुक्रबार, माघ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

माघ ९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचन पछि पनि आफ्नै नेतृत्वमा रहेको पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । नेकपा ओली समुह निकट पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनःबहुमतसहितको सरकार बन्ने दावी गरे ।
उनले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको दावी गरे ।
पहिलो संविधानसभालाई आफूहरुले नभई अरुले विघटन गराएको र बल्लबल्ल पुनः निर्वाचन गरी अनेक शक्तिले रोक्न खोज्दा पनि संविधान जारी गराएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले भारतले मिचेको भूमिलाई नेपालको नक्शामा समेटेपछि अरुको पार्टीभित्रैबाट सरकारको विरोधमा खेल शुरु भएको आरोप लगाए ।
उनले आज प्रचण्ड माधव समुहले राजधानीमा गरेको बिशाल प्रदर्शनप्रति व्यग्य गर्दै अलि अलि मान्छे उतारेछन अव माघ २३ गते आफूहरुले वास्तविक जनप्रदर्शन गर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ