माघ ९ काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्डले केपी ओलीलाई तीन वर्षमा पनि तह लगाउन नसकिएको भन्दै आफूहरुको पनि कमजोरी रहेको बताएका छन् ।
सो समुहले आज प्रतिनिधि सभा विघटन बिरुद्ध आयोजना गरेको बिरोध सभालाई संवोधन गर्दै प्रचण्डले केपी ओलीले पद जोगाउन जे पनि सम्झौता गर्ने तर कार्यन्वयन नगर्ने गरेको बताए ।
आफूहरु उदार भएकैले ओलीले गडबड गरेको भन्दै आगामी दिनमा त्यस्ता कमजोरी नदोहोर्याउने प्रचण्डले बताए ।
प्रचण्डले राजा महाराजाहरुलाई पनि नेपाली जनताले तह लगाएको भन्दै निरंकुशता, संघीयता विरोधी, संविधान विरोधी र गणतन्त्र विरोधी ओलीको कदमलाई पनि जनताले परास्त गर्ने चेतावनी दिए ।
उनले भने, ुओलीको सेटिङलाई अब जनताको सेटिङले परास्त गर्नेछ। अब सडकबाटै जनताले ओलीको सेटिङ भत्काउनेछन्। उनले अब छिटै ुकेपीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुने बताउँदै जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने दाबी गरे ।
सर्वोच्च अदालत र निर्वाचन आयोगलाई नागरिक भावना र मतको सम्मान गर्न आग्रह गर्दै भने, ुमलाई विश्वास छ। सर्वोच्च अदालत र निर्वाचन आयोगले जनमतलाई सम्मान गर्नेछन्। सडकमा उर्लिएको जनसागरलाई निर्वाचन आयोगले देखेको छ, देख्छ । सर्वोच्च अदालतले पनि देखेको छ, देख्छ, प्रचण्डले भने ।