केपी ओलीको साईबर र अरिंगाल सेनाले हाम्रो बिशाल पार्टीसगँ लड्न सक्दैनः नेपाल

केपी ओलीको साईबर र अरिंगाल सेनाले हाम्रो बिशाल पार्टीसगँ लड्न सक्दैनः नेपाल

  • शुक्रबार, माघ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

नेकपाका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले गरेको प्रतिगमनका बिरुद्ध यो बिशाल जनप्रदर्शन कास्टिङ मात्र भएको भन्दै फिल्म शुरु हुँन अझै बाँकी रहेको चेतावनी दिएका छन् । आज सो समुहले राजधानीमा बिशाल शक्ति प्रदर्शन गरेको छ ।
ओलीलाई पार्टीले बनायो, तर ओली भष्मासुर भए अब आन्दोलनले ओलीको भष्मासुर प्रवृति अन्त्य गरेरै छाड्ने बताए ।
ओलीलाई पार्टीले दण्ड दिन शुरु गरीसकेको भन्दै उनीसगँ पार्टी नझुुक्ने नेपालले बताए ।
उनले सर्वोच्चबाट संसद पुनस्थापना हुने भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि अघि बढ्ने बताए ।
नेपालले ओली ‘घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने’ प्रवृतिको मान्छे रहेको टिप्पणी गरे । उनले ओलीलाई साइबर सेना मात्रै मनपर्ने भन्दै ओलीको त्यही गलत प्रवृतिका विरुद्ध संघर्ष गर्नुपरेको बताए ।
केपी ओलीको साईबर सेना र अरिंगाल सेनाले आफूहरुको बिशाल पार्टीसगँ लड्न नसक्ने पनि नेपालले चेतावनी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ