माघ ९ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई सडकमा आएर जनताको उपस्थिति हेर्न चुनौती दिएका छन् ।
आज सो समुहले आयोजना गरेको बिरोध सभालाई संवोधन गर्दै खनालले हामी आधिकारीक, हाम्रो सूर्य चिन्ह भन्दै केपी ओली हिँडेको भन्दै सडकमा आएर हेर्न चुनौती दिएका हुन् ।
उनले सर्वोच्च अदालतप्रति आफूहरुको सम्मान रहेको र यसले संसद पुनस्थापना गर्ने दाबी गरे ।
खनालले निर्वाचन आयोग केपी ओलीले नभई संविधानले बनाएकाले यसले विधान अनुसार पार्टीको आधिकारीकता र निर्वाचन चिन्ह आफूहरुले पाउने दाबी गरे ।
केपी ओलीले संसदीय दलमा पनि र पार्टी कमिटिमा पनि ७० प्रतिशत भन्दा बढी मत रहेको अवस्थामा निर्वाचन आयोगले ओलीलाई आधिकारीकता ओलीलाई दिन नसक्ने बताए ।
उनले केपी ओलीले घुँडा नटेके सम्म सडकमा आन्दोलन जारी रहने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline