बागमति प्रदेशका मुख्य मन्त्री पौडेल बिरुद्ध प्रदेश सभामा अविस्वासको प्रस्ताव पेश

बागमति प्रदेशका मुख्य मन्त्री पौडेल बिरुद्ध प्रदेश सभामा अविस्वासको प्रस्ताव पेश

  • शुक्रबार, माघ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

माघ ९ हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सांसद् अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिए पछि प्रस्ताव पेश भएको हो ।
पुस १० गते सत्तारुढ नेकपाका दाहाल–नेपाल समूहका ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता भएको थियो ।

सांसद नेपालले सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत बताएका थिए ।

उत्तः प्रस्ताव पेश भए पछि सदनको आजको बैठक स्थगित भएको छ । अर्को बैठक माघ १९ गते दिउँसो २ बजे बस्ने भएको छ । त्यसपछि अविस्वासको प्रस्तावमाथि छलफल शुरु हुनेछ ।
नेकपा विभाजन भएपछि पहिलो पटक बागमति प्रदेशका मुख्य मन्त्री बिरुद्ध प्रचण्ड माधव समुहले अविस्वासको प्रस्ताव पेश गरेको थियो । पौडेल ओली समुह निकट मानिन्छन् ।
पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन अविस्वासको प्रस्तावसगैँ प्रस्ताव गरिएको छ । ११० जना प्रदेश सभामा अविस्वासको प्रस्ताव पारित हुन ११ मतको आवस्यकता छ ।
मुख्यगरी नेपाली काँग्रेस निर्णायक मत सहित रहेकाले काँग्रेसलाई फकाउन ओली र प्रचण्ड माधव दुबै समुह लागि परेका छन् । काँग्रेसले आन्तरीक छलफल गरे पनि निर्णय गरीसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ