माघ ९ हेटौडा । मुख्यमन्त्री डोरमणि पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको अवस्थामा माघ ७ गते बसेको बागमति प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित गरिए पनि दलहरुको दबाबमा प्रदेश सभाको बैठक आज बस्दै
छ ।
कार्यव्यवस्था परामर्श समितिको बिहिबारको बैठकमा दलहरुको दबाब परे पछि आज दिउसो १ बजे बैठक बस्न लागेको हो । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार प्रदेशसभाको बैठक बोलाएका छन् ।
अविश्वासको प्रस्ताव ‘फेस’ गर्न आफू तयार रहेको मुख्यमन्त्री पौडेलले बताएका छन् ।
संसद विघटन र पार्टी विभाजन पछि नेकपाकै प्रचण्ड माधव समुहका ४५ जना सांसदले पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका थिए । सो समुहका मन्त्रीहरुले यस अघि नै राजीनामा दिईसकेका छन् ।
आजको बैठकमा अविस्वासको प्रस्ताव औपचारीक रुपमा प्रवेश गराउने तयारी भएको छ ।
बागमति प्रदेशमा दुबै पक्ष विभाजित भएको अवस्थामा अब काँग्रेस निर्णायक शक्तिको रुपमा उभिएको छ ।
काँग्रेसले समर्थन दिए पौडेलको कुर्सी जोगिनेछ भने असोग गरे उनको कुर्सी गुम्ने छ ।
प्रचण्ड माधव समुहले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन् ।