माघ ८ बीरगञ्ज । नेपालमा पहिलो पटक कोरोना देखिएको एक वर्षपछि भारतले १० लाख डोज कोरोना बिरुद्धको खोप उपलव्ध गराएकोमा पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले खुसी व्यक्त गरेका छन् ।
आज सामाजिक सञ्जाल मार्फत उनले यो खुसी व्यक्त गर्दै असल हितैसीको रुपमा उपलव्ध गराईएको यो खोपले भारतले दुबै देशको रोटीबेटीको सम्बन्धलाई अझ मजबुत बनाएकोमा धन्यवाद ज्ञापन गरेका हुन् ।
भारतमा निर्मित खोपको दश लाख डोज अनुदानमा उपलव्ध गराएको हो । जुन खोप आज काठमाण्डौं आईपुगेको छ । भारतबाट नेपालले थप खोप खरीद गर्ने तयारी पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline