माघ ८ काठमाण्डौ । नेपालमा आज ३३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभर ५ हजार ३० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हाल सम्म संकमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।
यसै गरी २४ घण्टामा २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यो सँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ । यो भनेको ९७.९ प्रतिशत हो ।
यस्तै आज कोरोनाका कारण ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९७९ पुगेको छ ।
अब सक्रिय संक्रमितको सख्या ३ हजार ७९९ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline