माघ ८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष प्रचण्ड परिवारवादमा लिप्त भएको भन्दै गंभीर प्रश्न गरेका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई संवोधन गर्दै ओलीले प्रचण्डले, ओलीका छोराछोरी छैनन, मेरा त छोरी ज्वाई छन उनीहरुको लागि नगरेर कसको लागि गर्नु भनेर भनेको स्मरण गर्दै यस्तो आरोप लगाएका हुन् ।
ओलीले देशका सबै केटाकेटी आफ्नो छोराछोरी रहेको भन्दै आफनो छोरीलाई मेयर जिताउनका लागि मत पत्र च्यात्ने काम सम्म प्रचण्डले गरेको बताए ।
प्रचण्डलाई यहाँ सम्म ल्याउने मानिसहरुका छोराछोरीको अवस्था कस्तो छ थाहा छ ? भन्दै ओलीले प्रश्न गरे ।
यस्तै ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् ।
“देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ”, उनले भने ।
प्रचण्ड माधव नेपाल प्रति लक्षित गर्दै ओलीले आफूहरु रातो झण्डा फहराउने वाला भएको भन्दै कालो झण्डा बोकेर हिँड्ने मानिस नभएको टिप्पणी गरे ।
अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।