माघ ८ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरी एक पटक सञ्चारमाध्यम र पत्रकारप्रति खनिएका छन् । उनले पत्रकार कुनै पनि पार्टीको भनेर चिनिनु पर्ने जिकिर गरे भने सञ्चार माध्यममा प्रयोग भएको भाषाप्रति पनि आपत्ति जनाए ।
ओली समुह निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज संवोधन गर्दै प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यम ‘राम्रो कुरा देख्न पर्छ भने आँखा छोप्छु, राम्रो कुरा सुन्नुपर्छ भने कान थुन्छु । तर सुन्दिन, हेर्दिन, बोल्दिन’ भने जसरी प्रस्तुत भएको आरोप लगाए ।
यस अघि पनि पटक पटक सञ्चारमाध्यममाथि उनले प्रश्न उठाउदै आएका थिए ।
कुनै पनि सञ्चार माध्यमको नाम नलिई उनले केही सञ्चार माध्यमले झुट छापेर जनतालाई दिग्भ्रमित गरेको बताए ।
सञ्चारमाध्यमा पत्रकारले ‘तिमी’ शब्दको प्रयोग गर्ने गरेकोप्रति आपत्ति जनाउदै ओलीले नेपाली पत्रकारले अंग्रेजहरुको नक्कल गरेर आफ्नो सभ्यतालाई भुल्न खाजेको दावी गरे ।
अंग्रेजहरुले आफ्नो सभ्यतालाई विश्वभर फैलाउन चालेको चाललाई नेपालका पत्रकारले अनुशरण गरेको उनले बताए। ओलीले नेपाली पत्रकारहरु आफ्नै पूरानो सभ्यताम फर्किनुपर्नेमा जोड दिए।
नेपाली पत्रकारले अंग्रेजहरुको नक्कल गरेर आफ्नो सभ्यतालाई भुल्न खाजेको ओलीको दाबी छ। अंग्रेजहरुले आफ्नो सभ्यतालाई विश्वभर फैलाउन चालेको चाललाई नेपालका पत्रकारले अनुशरण गरेको उनले बताए। ओलीले नेपाली पत्रकारहरु आफ्नै पूरानो सभ्यताम फर्किनुपर्नेमा जोड दिए।
‘तपाईंहरु अंग्रेजको सिकेर तपाईं कसैलाई पनि भन्नुहुन्न। हामी तपाईंवाला होइन ‘यू’ वाला हो यू। ‘यू’ भन्या तिमी। गज्जब छ हाम्रो नक्कलबाजी। बीबीसीले यू भदिन्यो। ‘यू’को अनुवाद गरेर तिमी चलाइदियो। उसलाई त हाम्रो सभ्यता, संस्कार, भाषामाथि हमला गर्नुछ भन्दियो। अनि हामीले हाम्रो भाषा, हाम्रो संस्कृतिलाई भुलेर ‘यू’ वालामा गयौं। हामीले आफूभन्दा ठूलालाई तपाईं भन्नुपर्छ भन्ने संस्कृतिलाई भुल्यौं। तर हामी फर्किनुपर्छ,’ ओलीले भने।