भोली ११ बजे काठमाण्डौंमा प्रचण्ड माधव समुहको शक्ति प्रदर्शन, ९ ठाँउबाट निस्कने र्यालीको कसले नेतृत्व गर्दैछन् ?

भोली ११ बजे काठमाण्डौंमा प्रचण्ड माधव समुहको शक्ति प्रदर्शन, ९ ठाँउबाट निस्कने र्यालीको कसले नेतृत्व गर्दैछन् ?

  • बिहिबार, माघ ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

माघ ८ काठमाण्डौं । पुष ५ मा संसद विघटन र पार्टी विभाजन पछि आन्दोलित बनेको नेकपा प्रचण्ड माधव समुहले भोली राजधानीमा शक्ति प्रदर्शन गर्दैछ ।
भोली बिहान पौने ११ बजे तोकिएका १० स्थानमा भेला हुने कार्यकर्ताहरुको र्याली रत्नपार्कमा केन्द्रीत हुने छ ।
जनआन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले आज भोलीको र्याली र त्यसको अगुवाई गर्ने नेताहरुको नाम सार्वजनिक गरेका छन् ।
माईतीघर, डिल्लीबजार, त्रिपुरेश्वर, लैनचौर, कुपण्डोल, प्रदर्शनी मार्ग, शान्तिवाटीका, त्रिचन्द्र कलेज र कालीमाटीबाट विभिन्न नेताहरुको अगुवाईमा र्याली निस्कने छ ।
भोलीको शक्ति प्रदर्शनमा नेकपाले बागमति प्रदेश र गण्डकी प्रदेशबाट कार्यकर्ता ल्याउदैछ ।
यस अघि पनि उसले राजधानीमा शक्ति प्रदर्शन गरेको थियो ।
सो समुहले संसद विघटन असंवैधानिक भन्दै संसद पुनस्थापना हुनु पर्ने माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ